४२६ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस २०० नजिक, कुन दलले कति जिते ?

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक हुने क्रम जारी छ । ७५३ पालिका मध्ये बुधबार बिहान ९:१५ ४२६ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

 

जसमा सबैभन्दा धेरै नेपाली कांग्रेसले १९८ पालिकामा जित हात पारेको छ । त्यसैगरी, कांग्रेसलाई पछ्याइरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) १२१ पालिकामा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ ।

 

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ८३, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ७, जनता समाजवादी पार्टी ५ र अन्य दल तथा स्वतन्त्रले १२ पालिकामा जित हात पारेका छन् ।

 

अन्य पालिकाहरुको धमाधम मत गणना भइरहेको छ । अहिले मतगणना भइरहेका पालिकामध्ये कांग्रेस १२२, एमाले ७५, माओवादी ३२ र समाजवादीले १४, जनता समाजवादीले २८ पालिकामा अग्रता लिएको छ ।

३४४ पालिकाको नतिजा सार्वजनिक : एमालेले पनि शतक हान्यो, कुन दलले कति जिते ? Read Previous

३४४ पालिकाको नतिजा सार्वजनिक : एमालेले पनि शतक हान्यो, कुन दलले कति जिते ?

घरजग्गा कारोबारमा उच्च गिरावट, वैशाखमा यस वर्षकै कम किनबेच Read Next

घरजग्गा कारोबारमा उच्च गिरावट, वैशाखमा यस वर्षकै कम किनबेच