काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक हुने क्रम जारी छ । ७५३ पालिका मध्ये हाल (सोमबार दिउँसो २ बजे)सम्म १३० पालिकाको नतिजा सार्वजनिक भएको छ ।
जसमा सबैभन्दा धेरै नेपाली कांग्रेसले ५१ पालिकामा जित हात पारेको छ । त्यसैगरी, दोस्रो स्थानमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ४७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २४, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २ र अन्य दलले ४ पालिकामा जित हात पारेका छन् ।
अन्य पालिकाहरुको धमाधम मत गणना भइरहेको छ । अहिले मतगणना भइरहेका पालिकामध्ये कांग्रेस २११, एमाले १६९, माओवादी ११२ र समाजवादीले १६ पालिकामा अग्रता लिएको छ ।