निर्माणाधीन फास्ट ट्रयाकमा लोडर दुर्घटना, ३ चिनियाँ नागरिकको मृत्यु, ३ गम्भीर घाइते

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा सोमबार लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

 

निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत बकैया –११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै र एक जनाको हेटौँडा अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार मृतक तीनै जनाको सनाखत हुनसकेको छैन । उनीहरूको शव परीक्षणका लागि हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ ।

 

यस्तै दुर्घटनामा परेर गम्भीर घाइते भएका अन्य तीन जनालाई हेटौँडा अस्पतालमा उपचारपश्चात थप उपचारका लागि चितवनको मेडिकल कलेजमा पठाइएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । फास्टट्रयाकमा काम गरिरहेको लोडर एक्कासी सिमातखोलामा खसेको थियो । रासस

हिमालयन बैंकका सेयरधनीले गत वर्षको लाभांश पाउने, नरोक्न अदालतको परमादेश Read Previous

हिमालयन बैंकका सेयरधनीले गत वर्षको लाभांश पाउने, नरोक्न अदालतको परमादेश

वैशाख २५ देखि जेठ ७ गतेसम्म मदिरा विक्री वितरण गर्न नपाइने Read Next

वैशाख २५ देखि जेठ ७ गतेसम्म मदिरा विक्री वितरण गर्न नपाइने