काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आइजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।
सरकारले वरियतामा तेस्रो स्थानमा रहेका सिंहलाईलाई आइजीपीमा नियुक्त गरेको हो । सिंह उनीभन्दा डेढ वर्षअघि बढुवा भएका एआईजी विश्वराज पोखरेल र एक वर्षअघि बढुवा भएका सहकुलबहादुर थापा उछिन्दै आइजीपी बन्न सफल भएका हुन् ।
सरकारले वरियता मिच्दै आफूभन्दा कनिष्ठलाई आइजीपीमा नियुक्त गरेपछि पोखरेल र थापा सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालत जाने भएका छन् ।
यस्तै, आइतबारै बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको आइजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ ।