१५ प्रतिशतसम्मले गाडी भाडा बढाउने सरकारको निर्णय

काठमाडौं । सरकारले यात्रु बाहक सवारीसाधनको भाडा १० र मालबाहक सवारी भाडा १५ प्रतिशतले बढाउने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार भाडा वृद्धि गरेको हो ।

 

सरकारले असारमा २० देखि २८ प्रतिशत भाडा वृद्धि गरेको थियो । अहिले १० देखि १५ प्रतिशत भाडा बढ्दा एक वर्षमै ३० देखि ४३ प्रतिशतसम्म भाडा बढेको हो ।

 

मालबाहक सवारी साधनको हकमा पहाड र तराईमा छुट्टाछुट्टै क्रमशः १३ र १५ प्रतिशतका दरले भाडा बढाइएको हो । पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको हो ।

 

संघीय सरकारले भाडा बढाएपछि प्रदेश सरकारहरुले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउने छन् । भौतिक पूर्वाधार तथा यायायातमन्त्री रेणुकुमारी यादवले अब पेट्रोलियम पदार्थमा न्यूनतम ५ प्रतिशत मूल्य घटबढ हुनासाथ गाडी भाडा समायोजन गर्ने निर्णय गरेकी छिन् ।

 

नयाँ व्यवस्था भएपछि तेलको मूल्य बढ्दा सवारी भाडा पनि बढ्ने र घट्दा पनि घट्ने सुनिश्चित हुने ब्यवसायीहरुको भनाई छ ।

डिजिटल वालेटको प्रयोग बढ्दो, ‘क्यास ब्याक’ नीति लिँदा पनि फाइदामा Read Previous

डिजिटल वालेटको प्रयोग बढ्दो, ‘क्यास ब्याक’ नीति लिँदा पनि फाइदामा

बलेफी हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

बलेफी हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन