काठमाडौं । वायुसेवा कम्पनीहरुले चाडवाडलाई लक्षित गर्दै हवाई भाडामा १० प्रतिशत छुट दिने भएका छन् ।
वायुसेवा सञ्चालक संघ, नेपालको आज बसेको बैठकले दशैं, तिहार तथा छठ पर्वको अवसरमा हवाई भाडामा १० प्रतिशत छुट दिने निर्णय गरेको हो।
सङ्घका अनुसार सो सुविधा असोज १२ गतेदेखि कात्तिक १७ गतेसम्म सम्बन्धित वायुसेवा कम्पनीको काउण्टरबाट टिकट खरिद गर्ने यात्रुहरूले साधारण भाडादरमा (एरपोर्ट कर तथा फ्युल सरचार्ज बाहेक) १० प्रतिशत छुट पाउनेछन् ।