९३ प्रतिशत नेपालीले लगाए कोभिड विरुद्धको खोप

काठमाडौं । हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कुल जनसङ्ख्यामध्ये १ करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो ।

 

यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या भने १ करोड ६१ लाख ८४ हजार ८५८ रहेको छ । यो कुल लक्षित जनसङ्ख्याको ८१.२ प्रतिशत हो । साथै १२–१७ वर्ष उमेर समूहका ३१ लाख १८ हजार ७८५ (९१ प्रतिशत) जनाले पहिलो मात्रा खोप लगाइसेका छन् । १८ वर्षमुनि पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या २३ लाख ११ हजार ९९८ (६७ प्रतिशत) रहेको छ ।

 

मन्त्रालयका अनुसार यही चैत ४ गतेसम्ममा सबै उमेर समूहमा कुल ३ करोड ९२ लाख २३ हजार ९४१ मात्रा खोप प्रदान गरिएको छ । जसमध्ये १ करोड ८६ लाख ९५ हजार ८२६ पहिलो मात्रा, १ करोड ८६ लाख ९८ हजार ५९५ दोस्रो मात्रा र १८ लाख २९ हजार ५२० मात्रा बुस्टर डोज प्रदान गरिएको हो ।

 

नेपाल सरकारले भेरोसेल, कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र जोन्सन खोप प्रदान गर्दै आएको छ । केही मात्र अनुदान सहयोग तथा अरु केही खरिद गरेर सरकारले कुल ४ करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप प्राप्त गरेको थियो ।

 

नेपालमा हाल तीन हजार ९९६ सक्रिय कोभिड सङ्क्रमित रहेका छन् । कोभिड सङ्क्रमण सुरु भएदेखि नेपालमा गरिएका कूल परीक्षणमा ११ लाख १८ हजार १८० जनालाई कोभिड पोजिटिभ देखिएको र यसमध्ये नौ लाख ६२ हजार १७३ जनाले कोभिडलाई पराजित गरेका छन् । यस सङ्क्रमणबाट ११ हजार ९५० जनाको मृत्यु भएको छ ।

 

नेपाल सरकारले २०७८ चैतसम्ममा १८ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । ‘शतप्रतिशत खोप’को लक्ष्य पूरा गर्न अब ७ प्रतिशत जनसङ्ख्यालाई मात्र खोप लगाउन बाँकी रहेको छ । १८ वर्षमुनिको उमेर समूहमा पनि पूर्ण मात्राको खोप पाउन अब ९ प्रतिशत जनसङख्या मात्र बाँकी छ ।

टिकटकमा भाइरल 'तरकारी ब्वाइ' कृष्ण : दैनिक १८ घण्टा खट्छन्, १ लाखसम्मको तरकारी बेच्छन् Read Previous

टिकटकमा भाइरल 'तरकारी ब्वाइ' कृष्ण : दैनिक १८ घण्टा खट्छन्, १ लाखसम्मको तरकारी बेच्छन्

ऊर्जा क्षेत्रमा ठूला हाइड्रोपावरलाई बाटो देखाउने आयोजना 'माथिल्लो तामाकोशी' Read Next

ऊर्जा क्षेत्रमा ठूला हाइड्रोपावरलाई बाटो देखाउने आयोजना 'माथिल्लो तामाकोशी'