काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरमा बा ६४ प १३९६ नं को मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ । मोटरसाइकल आफैँ अनियन्त्रित भई पैदलयात्रीलाईसमेत ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

 

दुर्घटनामा मोटरसाइकल चालक आरुबारी बस्ने ओखलढुङ्गा घर भएका ३० वर्षीय शिवराज कार्की र पैदलयात्री गोपीकृष्ण बस्ने ओखलढुङ्गा हर्कपुर गाउँपालिकाका दुर्गाबहादुर कार्कीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

गएराति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका शिवराजको हेल्पिङ ह्याण्ड अस्पताल चावहिलमा र दुर्गाबहादुरको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम : ७ लाख बेरोजगार सूचीकृत, जम्मा ३४ हजारले पाए काम Read Previous

प्रधानमन्त्री रोजगार कार्यक्रम : ७ लाख बेरोजगार सूचीकृत, जम्मा ३४ हजारले पाए काम

चौथो ट्रिनाले अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा बर्जर पेन्टस् साझेदार Read Next

चौथो ट्रिनाले अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा बर्जर पेन्टस् साझेदार