बालाजुमा बसको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु, बस चालक फरार

काठमाडौं । काठमाडौंको बालाजुमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।

 

आज बिहान ६ बजे बालाजुको गंगा हल अगाडि बाटो पार गर्दै गरेका पैदलयात्रीलाई ठक्कर दिँदा एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

 

मृत्यु हुनेमा रसुवाका १८ वर्षीय विकास तामाङ र अर्की अन्दाजी ५०/५५ वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बससहित चालक फरार भएका छन् ।फरार चालक र बसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अचाक्ली महँगिँदै कुरिलो, किलोकै ५ हजार पुग्यो Read Previous

अचाक्ली महँगिँदै कुरिलो, किलोकै ५ हजार पुग्यो

रसुवागढी हाइड्रोपावरको उपकरण जडान कार्य तीव्र, कहिलेबाट आउँछ संचालनमा Read Next

रसुवागढी हाइड्रोपावरको उपकरण जडान कार्य तीव्र, कहिलेबाट आउँछ संचालनमा