काठमाडौं । निर्वाचन आयोगले २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ ।
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आयोगका पदाधिकारीहरुले जेठ ४ गते निर्वाचन गर्न सुझाव दिएका हुन् ।
निर्वाचन आयोगले यसअघि पनि पटकपटक सरकारलाई बैशाख भित्रै स्थानीय तहको निर्वाचनको मिति तोक्न आग्रह गर्दै आएको थियो । गत शनिबार सत्ता गठबन्धन बीच जेठभित्रै स्थानीय तहको चुनाव गर्ने सहमति भएको थियो । विपक्षी दल एमालेले पनि लामो समयदेखि निर्वाचनको माग गर्दै आएको थियो ।
भेटमा प्रधानमन्त्री देउवाले एकैचरण स्थानीय तहको निर्वाचन गर्न भनेको बताइएको छ । यसअघि २०७४ सालमा वैशाख, असार र असोजमा गरी तीन तहमा स्थानीय चुनाव भएको थियो।
यस्तो छ आयोगले सरकारलाई दिएको सुझाव