काठमाडौं । ससरकारले माघ ३ गतेदेखि कोरोना विरुद्धको खोप नलगाएका नागरिकलाई सार्वजनिक स्थलमा प्रवेशमा रोक लगाउने भएको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को आइतबारको बैठकले खोप कार्ड नहुनेलाई सार्वजनिक सेवा प्रदान नगर्न सिफारिस गर्ने निर्णय गरेको हो।
यही माघ ३ गतेदेखि लागू हुनेगरी सार्वजनिक स्थानमा भेला र भीडभाड कम गर्न तथा होटेल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला प्रवेश, आन्तरिक हवाई यात्रा गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको खोप कार्ड देखाएर मात्रै प्रवेश दिने व्यवस्था गरेको हो ।
सीसीएमसीको उक्त निर्णय मन्त्रिपरिषदमा पेस हुनेछ। मन्त्रिपरिषदले निर्णय गरेपछि मात्र कार्यान्वयनमा आउने छ।