१ किलो सुन चोरी पैठारी गर्नेलाई ५५ लाख जरिवाना

काठमाडौं । राजश्व अनुसन्धान कार्यालयले सुन चोरी पैठारी गर्नेलाई ५५ लाख ७३ हजार जरिवाना गराएको छ ।

 

गोसाईकुण्ड घर भएका पेम्बा ढिण्डुप तामाङले चोरी पैठारी गरी ल्याएको १ किलो सुनको बजार मूल्य अनुसार हुन आउने ५५ लाख  ७३ हजार रुपैयाँ विगो कायम गरी राजस्व चुहावट गरेको पाइएकोले उनलाई सोही रकम बराबरको जरिवाना गराइएको हो ।

 

गत हप्ता नागढुंगा सडकमा चेकजाँच गर्ने क्रममा बा. ९० प २७३६ नम्वरको मोटर साइकलमा बिना विल विजक लुकाई छिपाइ ल्याउँदै गरेको १ किलो सुन बरामद गरिएको थियो ।

 

तामाङविरुद्ध विदेशी विनिमय अपचलनको कसुरमा भदौ ३ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।
बरामद भएको सुनको वैध श्रोत नखुलेपछि बिना इजाजत अन्य मुलुकबाट भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरी ल्याएको देखिएको हो ।

 

उनलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४(क) र (ग) मा भएको वयवस्था अनुसार कारवाही गरिएका हो ।सो बरामद भएको सुन चीनको केरुङबाट ल्याएको तामाङले बयानमा खुलाएका हुन् ।

अब जग्गा हिनामिनासम्बन्धी उजुरी जिल्ला प्रशासनमा दिन सकिने Read Previous

अब जग्गा हिनामिनासम्बन्धी उजुरी जिल्ला प्रशासनमा दिन सकिने

३ हजार ८ सय जनालाई सरकारी जागिरको अवसर Read Next

३ हजार ८ सय जनालाई सरकारी जागिरको अवसर