काठमाडौं । आजदेखि काठमाडौं उपत्यकामा राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने भएको छ ।
मंगलबार बसेको काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले राति ८ बजेपछि अत्यावश्यक सेवाका सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको थियो । सोही निर्णय आजदेखि कार्यन्वयनमा आउने भएको हो ।
कोरोना संक्रमण बढ्दै गएसँगै रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । निजी तथा सार्वजनिक सवारीसाधन संचालनमा रोक लगाइए पनि अत्यावश्यक सवारीसाधन भने जुनसुकै बेला पनि संचालन गर्न पाइने जनाइएको छ ।
यो नियम भदौ ८ गतेसम्म लागू हुने जनाइएको छ ।