२८ वर्षको खडेरी तोड्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

काठमाडौं । २८ वर्षको उपाधि खडेरी तोड्दै अर्जेन्टिनाले अमेरिकाले कोपा अमेरिका २०२१ फुटबलको उपाधि जितेको छ।

 

आइतबार बिहान ब्राजिलको रियो दी जेनेरियास्थित माराकाना रंगशालामा भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि चुमेको हो ।

 

अर्जेन्टिनाका लागि खेलको २२ औं मिनेटमा डी मारियाले गोल गर्दै अग्रता दिएका दिए । खेलमा थप गोल हुन नसकेपछि त्यही गोल नै निर्णायक भएको थियो ।

 

योसँगै अर्जेन्टिना १५ औं पटक कोपा अमेरिकाको विजेता बनेको छ । साथै, उरुग्वेको सर्वाधिक कीर्तिमानलाई पनि बराबरी गरेको छ।

 

अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जितेको हो । यसअघि अन्तिमपटक सन् १९९३ मा कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जितेको थियो।त्यसयता अर्जेन्टिना ४ पटक फाइनलमा पुगे पनि उपविजेतामै चित्त बुझाउन बाध्य भएको थियो ।

 

७ कम्पनीलाई १४ अर्बको हकप्रद सेयर विक्रीको अनुमति, कुन कम्पनीको कति ? Read Previous

७ कम्पनीलाई १४ अर्बको हकप्रद सेयर विक्रीको अनुमति, कुन कम्पनीको कति ?

यस वर्ष पनि पूरा भएनन् काठमाडौं उपत्यका विस्तारका ९ सडक, यस्तो छ पछिल्लो अवस्था Read Next

यस वर्ष पनि पूरा भएनन् काठमाडौं उपत्यका विस्तारका ९ सडक, यस्तो छ पछिल्लो अवस्था