काठमाडौंमा निषेधाज्ञा असार ७ सम्म लम्ब्याइयो, अब यी काम गर्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १ साता लम्ब्याइएको छ । आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जारी निषेधाज्ञा असार ७ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

 

उपत्यकामा जारी निषेधाज्ञा यसअघि थपिएको म्याद भोलि राति १२ बजेसम्म लम्ब्याइएको थियो । निषेधाज्ञाको समयवधि थपिएको यो पाँचौं पटक हो । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

 

अबको निषेधाज्ञा अहिलेकोभन्दा केही खुकुलो बनाइएको छ । अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, तरकारी, फलफूल, दूध डेरी पुस्तक पसल  बिहान ११ बजेसम्म खोल्न पाइने छ । यसअघि विहान ९ बजेसम्म मात्र खोल्न पाइन्थ्यो ।

 

यस्तै, होटेल रेष्टुरेष्टहरुले टेकअवे सेवा गर्न पाउने भएक छन् भने हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न दिइने निर्णय भएको छ ।

 

कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गरिएको छ । बिउ, मल लगायत कृषि सामग्री ढुवानी गर्न दिइने भएको छ ।

 

यस्तै, हप्ताको दुई दिन आइतबार र बिहीबार सहकारी संस्था खोल्न दिने भएको हो।बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय लगायत अन्य क्षेत्रमा काम गर्ने कर्मचारीको निजी सवारी-साधनको आवतजावतमा समेत सहजीकरण बनाइने जनाइएको छ ।

 

यस्तै, अब मास्क लगाएर हिँडडुल गर्न पाइने दिइने भएको छ ।

 

 

विकास बैंक र हाइड्रो चम्किँदा नेप्सेले बनायो दोेहोरो कीर्तिमान, यी ३७ कम्पनीका लगानीकर्ता मालामाल Read Previous

विकास बैंक र हाइड्रो चम्किँदा नेप्सेले बनायो दोेहोरो कीर्तिमान, यी ३७ कम्पनीका लगानीकर्ता मालामाल

नेपालमै पहिलोपटक लिक्वीड अक्सिजन प्लान्ट बन्दै, दैनिक ६० मेट्रिकटन उत्पादन हुने Read Next

नेपालमै पहिलोपटक लिक्वीड अक्सिजन प्लान्ट बन्दै, दैनिक ६० मेट्रिकटन उत्पादन हुने