काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि केही खुकुको बनाइएको छ । बुधबारबसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकको निर्णय अनुसार निषधाज्ञा खुकुलो बनाइएको हो ।
नयाँ व्यवस्था अनुसार अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी बिहान ९ बजेसम्म खोल्न पाइने छ । यस्तै, उद्योग संचालन गर्न, विकास निर्माणको काम गर्न, रातिमा निर्माण सामग्री ढुवानी गर्न दिइने दिइने भएको छ ।
सवारीसाधन मर्मतसम्भारका लागि वर्कशपहरु राति ९ बजेदेखि विहान ९ बजेसम्म खोल्न पाइने छ । उद्योगहरुलाई कामदारको आवासीय व्यवस्था मिलाएर काम गर्न दिने, वैदेशिक रोजगारीमा जानेलाई पासपोर्ट तथा भिसाको आधारमा आवतजावत गर्न दिइने छ ।
के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?