काठमाडौंमा निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याइयो, अब यी काम गर्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप ११ दिन लम्ब्याइएको छ । आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

 

उपत्यकामा जारी निषेधाज्ञा यसअघि थपिएको म्याद भोलि राति १२ बजेसम्म लम्ब्याइएको थियो ।निषेधाज्ञाको समयवधि थपिएको यो चौथो पटक हो ।

 

वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाको समायवधि २२ सम्म तोकिएको थियो । पहिलोपटक म्याद थप्दै वैशाख २९ सम्म लम्ब्याइएको थियो भने दोस्रो पटक म्याद थप्दै जेठ १३ सम्म लम्ब्याइएको थियो । त्यस्तै, तेस्रोपटक जेठ २० सम्म लम्ब्याइएको थियो ।

 

अबको निषेधाज्ञा अहिलेकोभन्दा केही खुकुलो हुने जनाइएको छ । अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी बिहान ९ बजेसम्म खोल्न दिने जनाइएको छ ।

 

यस्तै, उद्योग संचालन गर्न,  विकास निर्माणको काम गर्न, रातिमा निर्माण सामग्री ढुवानी गर्न दिइने दिइने भएको छ ।   उद्योगहरुलाई कामदारको आवासीय व्यवस्था मिलाएर काम गर्न दिने, वैदेशिक रोजगारीमा जानेलाई पासपोर्ट तथा भिसाको आधारमा आवतजावत गर्न दिइने छ ।

तामाकोशीको पहिलो टर्बाइनको परीक्षण सफल, ७६ मेगावाट उत्पादन शुरु गरिँदै Read Previous

तामाकोशीको पहिलो टर्बाइनको परीक्षण सफल, ७६ मेगावाट उत्पादन शुरु गरिँदै

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको माग बढ्दै, ओपेकले दैनिक थप २१ लाख ब्यारेल उत्पादन गर्ने Read Next

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको माग बढ्दै, ओपेकले दैनिक थप २१ लाख ब्यारेल उत्पादन गर्ने