काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १५ दिन थप गरिएको छ । मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
यसअघि उपत्यकामा वैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञाको समय आज राति १२ बजेसम्म थियो ।अबको निषेधाज्ञा अहिलेकोभन्दा थप कडा हुने जनाइएको छ । बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य रोक्ने निर्णय गरेको छ ।
यस्तै, खाद्यान्न तथा तरकारीका पसल बिहान १० बजेसम्म खोल्न दिने तर फुटपाथमा तरकारीलगायतका कुनै पनि व्यापार गर्न नदिने व्यवस्था गरिएको छ । बैठकले अत्यावश्यकबाहेक कामका सरकारी तथा अन्य कार्यालयहरू पनि बन्द गर्ने निर्णय गरेको छ ।
यस्तै, होटल, पार्टी प्यालेसमा हुने विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पूर्ण रुपमा रोक लगाउने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ । यसअघि विहे, ब्रतबन्धजस्ता कार्यक्रममा १५ जनासम्म सहभागी हुन पाइने व्यवस्था थियो ।
के गर्न पाइन्छ, के गर्न पाइँदैन