उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस

काठमाडौं । काठमाडौं उपत्यकामा दुई सातादेखि जारी निषेधाज्ञा थप १५ दिन थप्न सिफारिस गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको हो ।

 

डीसीसीएमसीले सोमबार काठमाडौंका मयेरहरुसँग छलफल गरी थप १५ दिन निषेधाज्ञा थप गर्न सिफारिस गरेको हो ।

 

डीसीसीएमसीको सिफारिस कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पठाएर निर्णय हुनेछ । यसका लागि भोलि मंगलबार काठमाडौं, भुक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ ।

 

उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो भने पछिल्लो पटक थपिएको अवधि २९ गते सकिँदैछ ।

काठमाडौं उपत्यकामा बन्ने भनिएका दुई केबलकार निर्माण अन्योलमा Read Previous

काठमाडौं उपत्यकामा बन्ने भनिएका दुई केबलकार निर्माण अन्योलमा

आगामी बजेटमा कृषि अनुदान वृद्धि गरिने Read Next

आगामी बजेटमा कृषि अनुदान वृद्धि गरिने