निषेधाज्ञामा यी संस्थाका कर्मचारीलाई सवारी पास नचाहिने, बाटोमा रोके यी नम्बरमा फोन गर्नुहोस्

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ । जिप्रका काठमाडौँले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

 

सो अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरू, विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तिय संस्थाका कर्मचारीहरू, एयरपोर्ट जाने आउने यात्रुको हकमा सवारी पास आवश्यक नपर्ने कार्यालयले जनाएको छ ।

 

जिप्रका काठमाडौँका प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीद्वारा जारी विज्ञप्तिमार्फत त्यस्ता कार्यमा यात्रा गर्दा कँही कतैबाट अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न हुन जानकारी गराएका छन् ।

 

साथै उनले अन्य अनाश्यक सन्दर्भमा पनि अत्याश्यक भनी सवारी पास माग गर्ने गरेको पाइएकाले वैशाख १७ गतेदेखि मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्य बाहेक जिप्रका काठमाडौँबाट सवारी पास जारी नहुने जानकारी गराएका छन् ।

४ वटा हाइड्रोपावर निर्माण गरिरहेको कम्पनीको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ? Read Previous

४ वटा हाइड्रोपावर निर्माण गरिरहेको कम्पनीको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ?

नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण नरोकिने, अहिलेसम्म कति मिटर खनियो ? Read Next

नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण नरोकिने, अहिलेसम्म कति मिटर खनियो ?