भारतमा कोरोनाका दुई खोप प्रयोग गर्न अनुमति

काठमाडौं । भारतको औषधि नियामकले दुई वटा कोभिड–१९ विरुद्धका खोपलाई आपत्कालीन रूपमा प्रयोग गर्न अनुमति दिएको छ।

 

ती खोपहरू अक्सफर्ड विश्वविद्यालयले एस्ट्राजेनिका कम्पनीसँग मिलेर विकास गरेको कोभिसिल्ड र भारतमै विकसित कोभ्याक्सिन छन्।

 

ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया डीसीजीआईले कोभिसिल्ड खोप ७०.४२ प्रतिशत प्रभावकारी रहेको बताएका छन्।भारतले यो वर्ष ३० करोड मानिसहरूलाई खोप दिने योजना बनाएको छ।कोभ्याक्सिन भने भारत बायोटेकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँग मिलेर तयार पारेको हो।

 

डीसीजीआईका निर्देशक डा. बिजी सोमानीले कोभ्याक्सिन सुरक्षित रहेको र त्यो प्रतिरक्षा क्षमता बलियो बनाउन सक्षम रहेको जनाएका छन्।उक्त निर्णयपछि ट्वीट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले डीसीजीआईको कदमलाई ‘निर्णायक मोड’ बताएका छन्।

 

जसमा ‘बधाई भारत’ भन्दै ती खोपले देशलाई कोरोनामुक्त पार्न सघाउने जनाएका छन्।विज्ञ समूहले खोपको सुरक्षा र प्रतिरक्षाको तथ्याङ्क मूल्याङ्कन गरेर सार्वजनिक हितका लागि आपत्कालीन स्थितिमा प्रतिबन्धित उपयोगका लागि अनुमति दिन सिफारिस गरेको थियो।

 

ती समूहले शुक्रबार र शनिबार ती खोपको स्वीकृतिका लागि सिफारिस गरेका थिए।अन्य खोपको परीक्षण पनि जारी रहने बताइएको छ।

 

कोभिशिल्ड र कोभ्याकसिन दुवै खोपहरू दुई खेपमा दिइनेछ। जसलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने बताइएको छ।अक्सफर्डरएस्ट्राजेनिका खोपलाई स्थानिय रूपमै भारतको सेरम इन्स्चिच्युटले उत्पादन गरिरहेको छ।

 

उसले प्रत्येक महिना ५ करोड डोज खोप उत्पादन गर्ने जनाएको छ। भारतमै कैडिला हेल्थकेयरको अर्को एउटा खोपलाई समेत तेस्रो चरणको मानव परिक्षणका लागि अनुमति दिइएको छ।बीबीसी

एउटै गाउँपालिकामा १५ लघुजलविद्युत् आयोजना Read Previous

एउटै गाउँपालिकामा १५ लघुजलविद्युत् आयोजना

पर्यटक आगमनमा ८० प्रतिशत गिरावट, कुन देशबाट कति आए ? Read Next

पर्यटक आगमनमा ८० प्रतिशत गिरावट, कुन देशबाट कति आए ?