युरोपका २७ देशमा कोरोनाको खोप लगाउन शुरू, २ अर्ब डोज खोप सुनिश्चित

कोभिड–१९ विरुद्ध लड्नका लागि युरोपेली सङ्घ इयूले खोप दिन शुरू गरेको छ। युरोपेली आयोगकी प्रमुख उर्जुला भोन डेर लेयनले फाइजररबायोएनटेकले विकास गरेको खोप सङ्घका २७ वटै सदस्य राष्ट्रमा वितरण गरिएको बताएकी छन्।

 

एक दिन पनि कुर्न नसक्ने भन्दै कतिपय राष्ट्रहरूले शनिवारबाटै खोप लगाउने काम शुरू गरेका थिए। युरोपेली सङ्घमा हालसम्म ३,३५,००० भन्दा बढीको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ।

 

१ करोड ४० लाख भन्दा धेरै मानिस सङ्क्रमित भइसकेका छन्। लगभग सबैजसो सदस्य राष्ट्रमा कडा प्रतिबन्धात्मक व्यवस्था लागू गरिएको छ।

 

कोरोना भाइरसको अझ बढ्ता सङ्क्रामक प्रकार विभिन्न युरोपेली देशसहित क्यानडा अनि जापानमा समेत पुष्टि भएका बेला खोप लगाउन शुरू गरिएको हो।

 

भाइरसको नयाँ प्रकार देखिएपछि गत साताबाट विश्वभर नयाँ यात्रा प्रतिबन्धहरू लागेका छन्।

 

खोप कार्यक्रमको पछिल्लो अवस्था

 

युरोपेली सङ्घ अन्तर्गतका राष्ट्रहरूमा खोप कार्यक्रम आइतबारबाट शुरू भएको हो। युरोपेली औषधि निकाय (ईएमए) र युरोपेली आयोगले जर्मन–अमेरिकी फाइजर/बायोएनटेक खोपलाई स्वीकृति दिएसँगै खोप दिने कार्य शुरू गरिएको हो।

 

इयूले खोपका विभिन्न कम्पनीहरूबाट २ अर्ब भन्दा धेरै मात्रा प्राप्तिका लागि सम्झौता सुनिश्चित गरिसकेको छ। उत्तर–पूर्वी जर्मनीका अधिकारीहरूले भने आफूहरू थप एक दिन पनि नपर्खने भन्दै शनिवारबाटै ज्येष्ठ नागरिकहरूलाई खोप दिन शुरू गरेका थिए।

 

त्यस्तै हङ्गेरीमा एकजना चिकित्सकलाई पहिलो खोप दिइएको सरकारी समाचार संस्थाले जनाएको छ भने स्लोभाकियामा पनि खोप दिन शुरू गरिसकिएको छ।बीबीसी

भारतबाट ल्याएको रेल ३ महिनादेखि त्रिपाल मुनि, सञ्चालनमा आउन अझै डेढ महिना लाग्ने Read Previous

भारतबाट ल्याएको रेल ३ महिनादेखि त्रिपाल मुनि, सञ्चालनमा आउन अझै डेढ महिना लाग्ने

व्यापार घटे पनि आयल निगमले कमायो १३ अर्ब नाफा Read Next

व्यापार घटे पनि आयल निगमले कमायो १३ अर्ब नाफा