काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् ।
आइतबार बिहान बसेको मन्त्रिपरिषदको आकष्मिक बैठकले राष्ट्रपतिसमक्ष संसद् विघटन गर्ने सिफारिस गरेको हो ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद चुलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गर्ने निर्णय गरेका हुन्।
गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । बुधबारको नेकपाको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरे पनि ओलीले अध्यादेशफिर्ता लिन आनाकानी गर्दै आएका थिए ।
पार्टीले अध्यादेश फिर्ता लिन निरन्तर दबाद दिएपछि ओलीले संविधानमै व्यवस्था नभएको असंवैधानिक कदम चालेका हुन् । यद्यपि अहिलेसम्म संसद विघटन गर्ने सिफारिस स्वीकृति गरेको जानकारी भने आएको छैन ।