काठमाडौं । जय महाकाल युवा समूह गोंगबु बसपार्कले कोभिड १९ को कारण अलपत्र परेका सडक मजदूरलाई खाना खुवाएको छ ।
राष्ट्रिय युवा संघ नेपालका सह–संयोजक रमेश पौडेलको प्रमुख उपस्थितिमा युवा समूहले सडक मजदूरलाई खाना खुवाउने तथा कपडा वितरण गर्ने कार्यक्रम सम्पन्न गरेको हो ।
कोरोना भाइरस नियन्त्रणको लागि लकडाउन भएको समयदेखि हालसम्म विभिन्न कार्यक्रम गर्दे अलपत्र मानिसहरु र सडक मजदूरहरुलाई खाना खुवाइरहेको छ । यो कार्यक्रम पनि त्यसैको निरन्तरता भएको संघका सह–संयोजक पौडेलले बताए ।
कार्यक्रममा प्रमुख उपस्थिति जनाएका पौडेलले यस्ता कार्यक्रम आफ्नो नेतृत्वमा रहेको संगठन र समग्र पार्टीकै नीति अनुरुप नै गरिएको बताए ।

‘सडकमा कोही भोकै पर्दैन, भोकले कोही मर्दैन भन्ने सम्माननीय प्रधानमन्त्री केपी ओलीको अभियानकै अंश यो कार्यक्रम पनि हो,’ सह–संयोजक पौडेलले बताए ।
यसैगरी संगठनका अमित पौडेलले आफ्नो संगठनले निरन्तर यस्ता कार्यक्रमको नेतृत्व गरिरहेको र भविष्यमा पनि गरिरहने बताए ।
कार्यक्रममा युवा संगठनका नेताहरु नितेशलाल सिंह, राजन थापा, रामगोपाल घिमिरे लगायत नेताहरुको पनि सहभातिता थियो ।
