अहिलेसम्मकै धेरै २०२० जनामा कोरोना पुष्टि, ८७१ डिस्चार्ज, ७ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०२० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । यतिधेरै जनामा कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ४५८ जनाको स्वाब परीक्षणमा काठमाडौं उपत्यकामा ८५९ सहित देशका विभिन्न जिल्लाका २०२० जनामा कोरोना पुष्टि भएको हो ।

 

शुक्रबार काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित थपिएका छन् ।

 

पछिल्लो २४ घण्टामा थप ८७१ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या ४३ हजार ८२० पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्य भएको छ । योसँगै योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९० पुगेको छ ।

६ लेनको मुग्लिन-पोखरा सडक विस्तारमा ढिलाई, दोस्रो खण्डको डीपीआर स्वीकृत हुनै बाँकी Read Previous

६ लेनको मुग्लिन-पोखरा सडक विस्तारमा ढिलाई, दोस्रो खण्डको डीपीआर स्वीकृत हुनै बाँकी

बन्द भएको ६ वर्ष पछि फेरि जनकपुर आइपुग्यो रेल, हेर्नेको घुइँचो Read Next

बन्द भएको ६ वर्ष पछि फेरि जनकपुर आइपुग्यो रेल, हेर्नेको घुइँचो