बैशाखसम्ममा रेलबाटै सामान आयात निर्यात गर्नेः उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी वैशाखसम्म नेपालले रेलबाट नै वस्तु आयात निर्यात गर्ने दाबी गरेका छन् । नेपाल फ्रेट फरवार्ड्स एसोसिएसनले २५औं वार्षिक उत्सवमा बोल्दै उनले आगामी बैशाखसम्ममा नेपालमा रेलबाटै आयात निर्यात हुने बताएका हुन् ।

 

कार्यक्रममा उनले कार्गो व्यवसयाीहरुले कार्गो क्षेत्र उद्योगको रुपमा विकास हुन नसकेको गुनासो गरेका थिए । नेपालको उद्योगी व्यवसायीहरुले सामान आयात निर्यात गर्ने माध्यम बन्दै आएको कार्गो क्षेत्र पछि परेको बताएका थिए ।

 

उनले नेपालको कार्गो व्यवसयमा रहेको समस्याहरु समाधान गर्दै अघि बढ्नुपर्ने बताए । आयात निर्यात व्यवसाय रहेको कार्गो सेवालाई प्रविधिमैत्री बनाउँदै लानुपर्ने उनको भनाइ थियो ।

 

उनले नेपालमा जलमार्ग तथा रेलमार्ग पनि विकास गर्ने तयारीमा रहेकोले यो व्यवसायको लागत तथा नेपालको व्यापारको अवस्था नै परिवर्तन गर्ने बताए ।

 

उपराष्ट्रपति पुनले नेपालको व्यापार असन्तुलन रहेको भन्दै नेपालमा उत्पादित वस्तुहरुको प्रवर्द्धन गर्नु पनि आवशयक रहेको जानाकारी गराए ।

 

नेपाल फ्रेट फरवार्ड्स एसोसिएसनका अध्यक्ष प्रकाशसिंह कार्कीले १ सय ३० वटा कार्गो कम्पनीहरु एसोसिएसनमा आबद्ध रहेको जानकारी दिए ।

घरेलु उद्योगमा १ अर्ब लगानी, १ हजार १ सय उद्योग दर्ता Read Previous

घरेलु उद्योगमा १ अर्ब लगानी, १ हजार १ सय उद्योग दर्ता

माछापुच्छ्रे बैंकद्वारा पोखरा र भक्तपुरमा वृक्षारोपण Read Next

माछापुच्छ्रे बैंकद्वारा पोखरा र भक्तपुरमा वृक्षारोपण