काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६११ जनाको स्वाब परीक्षणमा काठमाडौं उपत्यकामा ३९६ सहित देशका विभिन्न जिल्लाका ९८० जनामा कोरोना पुष्टि भएको हो ।
आइतबार काठमाडौंमा ३०० जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा थप २२८७ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या ३२ हजार ९६४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्य भएको छ । योसँगै योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३०६ पुगेको छ ।