काठमाडौंमा २९८ सहित थप ८९९ जनामा कोरोना पुष्टि, ५८८ डिस्चार्ज, ७ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको ११ हजार १२९ जनाको नमूना परीक्षणमा काठमाडौं उपत्यकामा २९८ सहित देशका विभिन्न जिल्लाका ८९९ जनामा कोरोना पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा थप ५८८ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या २१ हजार ४१० पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्य भएको छ । योसँगै योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।

कोरोनाका बाबजूद चीनको औद्योगिक उत्पादनमा वृद्धि Read Previous

कोरोनाका बाबजूद चीनको औद्योगिक उत्पादनमा वृद्धि

कुखुराको मासुको भाउ गुन्द्रुककोभन्दा सस्तो, कृषक लागतभन्दा आधा सस्तोमा बेच्न बाध्य Read Next

कुखुराको मासुको भाउ गुन्द्रुककोभन्दा सस्तो, कृषक लागतभन्दा आधा सस्तोमा बेच्न बाध्य