काठमाडौं । नेपाल सरकारका आधा दर्जनभन्दा बढी सरकारी निकायका वेबसाइटहरु ह्याक भएका छन्।
फेमली एट्याक साइबर नामक ह्याकर समूहले नेपालका केही सरकारी निकायका साइटहरु ह्याक गरी आफ्नो नियन्त्रणमा लिएका छ ।
सो समूहले फेसबुक पेजमार्फत नेपालका सरकारी निकायहरुको साइट ह्याक गरेको जनाएको छ। यो समूहले उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, विद्युत नियमन आयोग, राष्ट्रिय दलित आयोग, सप्तकोशी हाइ ड्याम मल्टी प्रपोज प्रोजेक्ट, कृषि मन्त्रालय अन्तर्गत विउ गुणस्तर नियन्त्रण केन्द्रलगायतका साइटहरु ह्याक गरेको हो।
