काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १७ गतेसम्मका लागि लम्ब्याइएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ ३ गतेदेखि जारी निषेधाज्ञा थप १ साता लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि भदौ ३ गतेदेखि जारी निषेधाज्ञाको अवधि आज (भदौ १० गते) राति १२ बजेदेखि सकिँदै छ ।
मंगलबार उपत्यकाका तीनै जिल्लाका जिल्ला सुरक्षा समिति, संकट व्यवस्थापन समिति (सीसीएमसी) र स्थानीय तहका प्रमुख र प्रतिनिधिहरुबीच भएको बैठकले उपत्यकामा जारी लकडाउन १ हप्ताका लागि थप्न सिफारिस गरेको थियो ।