निषेधाज्ञाका कारण ठप्प काठमाडौं उपत्यका (फोटोफिचर)

काठमाडौं । निषेधाज्ञाको पहिलो दिन काठमाडौं उपत्यका ठप्प भएको छ ।

 

कोरोना संक्रमणको जोमिख नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञाका कारण उपत्यका सुनसान भएको हो ।

 

कोरोना भाइरसको महामारी बढ्दै गएपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेका थिए ।

 

निषेधाज्ञाका कारण एम्बुलेन्स, प्रहरी, खाद्यान्न, खानेपानी ढुवानी लगायत अत्यावश्यक सेवाका सवारी साधन फाट्टफुट्ट चले पनि निजी तथा सार्वजनिक सवारी साधन ठप्प भएका छन् । औषधि तथा खाद्यान्न बाहेकका सबै पसल व्यवसाय बन्द गरिएको छ ।

 

यस्तै, प्रहरीले सडकमा हिँडडुल गर्न समेत रोक लगाएको छ । सहरका मुख्य तथा भित्री सडकमा समेत बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । अनावश्यक काममा बाहिर निस्कने जो कोहीलाई पनि कारबाही गर्न सम्बन्धित जिल्ला प्रशासनहरुले निर्देशन समेत दिएका छन् ।

तस्वीर : रासस

काठमाडौंमा २०० सहित थप ७०७ जनामा कोरोना पुष्टि, २६४ डिस्चार्ज, ६ जनाको मृत्यु Read Previous

काठमाडौंमा २०० सहित थप ७०७ जनामा कोरोना पुष्टि, २६४ डिस्चार्ज, ६ जनाको मृत्यु

बैंकका कर्मचारीलाई नरोक्न गृहले निर्देशन दिएसँगै आजदेखि बैंक खुल्ने Read Next

बैंकका कर्मचारीलाई नरोक्न गृहले निर्देशन दिएसँगै आजदेखि बैंक खुल्ने