काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा १५९ सहित देशका विभिन्न जिल्लाका ६८१ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप १२० जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १७ हजार ७०० पुगेको छ ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२० पुगेको छ ।