काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्टले आगामी कार्याकालको लागि उम्मेदवारी नदिने घोषणा गरेका छन् । बुधबार उनले फेसबुकबाट लाइभ गर्दै दोस्रो कार्यकालको लागि नेतृत्वको चुनाव नलड्ने घोषणा गरेका हुन् ।
एनआरएन भित्र दोस्रो कार्याकालको लागि भट्टले चुनाव लड्ने या नलड्ने भन्ने बारे चासो बढिरहेको बेला उनले यस्तो घोषणा गरेका हुन् । उनले एउटै व्यक्ति दोस्रो कार्यकालको लागि चुनाव उठ्ने परम्परा अन्त्य गर्नको लागि आफू पुनः चुनावमा नउठ्ने बताएका हुन् ।
उलने आफू एनआएनको नेतृत्वमा नबसे पनि संस्था सञ्चालनको लागि पछाडि बसेर सहयोग गर्ने बताएका छन् । तर, संस्थालाई सोचे अनुसार लक्ष्ढमा डार्याउने परिस्थिति आएमा पछाडिको सिटबाटै आएरै आफूले नेतृत्व हाक्ने बताएका छन् ।
भट्टले आफू साहासीपूर्ण नेतृत्वको खोजीमा रहेको जनाउँदै यदि कसैले दायाँबायाँ गर्न खोजे चुप लागेर नबस्ने बताएका छन् । उनले आफ्नो दईवर्षे कार्याकालमा सहयोग गर्ने सबै संघसंस्था, व्यक्ति, सञ्चारकर्मी राजनीतिक दल, नेपाल सरकारलगायत सबैलाई धन्यवाद पनि दिएका छन् ।