एकैदिन अहिलेसम्मकै धेरै १०१६ जनामा कोरोना पुष्टि, काठमाडौंमा मात्रै २०५, थप ७ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०१६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । एकै दिन यति धेरै जनामा कोरोना देखिएको यो पहिलो पटक हो ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा २०५ सहित देशका विभिन्न जिल्लाका १०१६ जनामा कोरोना पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा थप ९५ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १७ हजार ५८० पुगेको छ ।

 

कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ ।

घरजग्गा कारोबारबाट १ महिनामा २ अर्ब राजश्व संकलन Read Previous

घरजग्गा कारोबारबाट १ महिनामा २ अर्ब राजश्व संकलन

ठेकेदारको चरम लापारबाहीले हुलाकी राजमार्गका २० पुल समस्याग्रस्त Read Next

ठेकेदारको चरम लापारबाहीले हुलाकी राजमार्गका २० पुल समस्याग्रस्त