रसियाले मासिक ५० लाख डोज खोप उत्पादन गर्ने

कोरोना विरुद्धको विश्वमै पहिलो खोप बनाएको दाबी गर्ने रसियाले खोप उत्पादन कार्यलाई तीव्रता दिने भएको छ ।

 

भ्याक्सिनको तेस्रो चरणको परीक्षण बाँकी रहे पनि रसियाले सो अगावै खोप उत्पादन सुरु गरेको हो । रसियाको स्वास्थ्य मन्त्रालयका अनुसार खोपको तेस्रो चरणको परीक्षण गरेपछि मासिक ५० लाख डोज खोप उत्पादन गर्ने जनाइएको छ ।

 

मस्कोको गामेलाय इन्स्टीच्यूटले बनाएको यस भ्याक्सिन डिसेम्बर वा जनवरीसम्ममा प्रत्येक महिना ५० लाख वटा बन्ने जनाइएको छ।

 

रसियाले तेस्रो चरणमा २ हजारभन्दा बढी मानिसमा खोप परीक्षण गर्ने तयारी गरिरहेको छ । रसियाले उत्पादन सुरु गरेको खोप अबको १ महिनाभित्र बजारमा आउने बताइएको छ ।

 

गत साता रसियाली राष्ट्रपति भ्लादिमीर पुटिनले विश्वभर कोभिड-१९ विरुद्ध पहिलो भ्याक्सिन आफ्‍नो देशले बनाएको घोषणा गरेका थिए।

 

रसियाले भ्याक्सिनको नाम स्पुतनिक-५ राखेको छ। स्पुतनिक अन्तरिक्षमा जाने पहिलो उपग्रह थियो जसलाई रसियाले लञ्च गरेको थियो।

 

यद्यपि रसियाले बनाएको उक्त खोपलाई विश्व स्वास्थ्य संगठनसहित विश्वका अन्य देशको अध्ययन संस्थाले मान्यता भने दिएका छैनन् ।
एजेन्सी

२१ वाणिज्य बैंकको खुद नाफा घट्यो, कुन बैंकको कति (तथ्यांकसहित) Read Previous

२१ वाणिज्य बैंकको खुद नाफा घट्यो, कुन बैंकको कति (तथ्यांकसहित)

कोरोनाबाट शिथिल अर्थतन्त्र उकास्न भारतले साढे १४ खर्ब डलर लगानी गर्ने Read Next

कोरोनाबाट शिथिल अर्थतन्त्र उकास्न भारतले साढे १४ खर्ब डलर लगानी गर्ने