थप ५२५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५ हजार नजिक, ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ८५९ नमूना परीक्षणमा काठमाडौं उपत्यकामा १२७ सहित देशका विभिन्न जिल्लाका ५२५ जनामा कोरोना पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा थप १०९ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १६ हजार ८३७ पुगेको छ ।

 

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ ।

झापा र धनुषमा ग्यास प्लान्ट निर्माण अघि  बढ्यो, विद्युत् खपत बढाउने सरकारी नीति नारामा मात्रै सीमित Read Previous

झापा र धनुषमा ग्यास प्लान्ट निर्माण अघि बढ्यो, विद्युत् खपत बढाउने सरकारी नीति नारामा मात्रै सीमित

एनआइसी एशियाका क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य ब्याजदरमा इलेक्ट्रोनिक सामग्री किन्न सक्ने Read Next

एनआइसी एशियाका क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य ब्याजदरमा इलेक्ट्रोनिक सामग्री किन्न सक्ने