काठमाडौंमा १३९ सहित थप ४८४ जनामा कोरोना पुष्टि, एकै दिन अहिलेसम्मकै धेरैको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४८१ जनाको नमूना परीक्षणमा काठमाडौं उपत्यकामा १३९ सहित  देशका विभिन्न जिल्लाका ४८४ जनामा कोरोना पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा थप ६४ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १६ हजार ७२८ पुगेको छ ।

 

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । कोरोनाका कारण एकै दिन यति धेरैको ज्यान गएको यो पहिलो पटक हो ।योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।

५० करोड लगानीमा कागज उद्योग सञ्चालनमा, कार्टुन उत्पादन प्राथमिकतामा Read Previous

५० करोड लगानीमा कागज उद्योग सञ्चालनमा, कार्टुन उत्पादन प्राथमिकतामा

साढे ६ लाखले गरे कोरोना बीमा, शिखर इन्स्योरेन्सले बेच्यो सबैभन्दा धेरै पोलिसी Read Next

साढे ६ लाखले गरे कोरोना बीमा, शिखर इन्स्योरेन्सले बेच्यो सबैभन्दा धेरै पोलिसी