सरकारले दिने अधिकांश सेवा १५ दिनलाई बन्द, कर तिर्न भने ताकेता

काठमाडौं । कोभिड १९ को संक्रमण समुदाय स्तरमा फैलिएको बारे चासो देखाउँदै उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैंठकले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेका छन् ।

 

अब उपत्यका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा नागरिकता, राहदानी, पञ्जीकरण, स्थानीय तहका सिफारीस, भेटघाट, संघ–संस्था दर्ता जस्ता सम्पूर्ण काम १५ दिनको लागि बन्द हुने छन् ।

 

तर, आन्तरिक राजश्व कार्यालयले भने असार मसान्तसम्मको भ्याट, टीडीएस, अन्तःशुल्क र आयकर साउन २५ गतेसम्म नै तिरिसक्न ताकेता गर्दै आएको छ । व्यवसायीहरुले भने अदालतको आदेश अनुसार नै भदौ ७ गतेसम्म यस्तो रकम तिर्न पाउनु पर्ने माग गर्दै आएका छन् ।

 

साथै, उपत्यकाका सीडीओहरुको बैंठकले संक्रमण बढेका स्थानहरुमा सिल गर्ने निर्णय गरेका छन् । बैंठकले सपिङ मल, कर्पोरेट हाउस लगायतका स्थानमा स्वास्थ्य मापदण्ड पालना भए वा नभएको अनुगमन गर्ने समेत निर्णय गरेको छ ।

 

उपत्यकामा कोरोना संक्रमण फैलनेक्रम बढेसँगै सरकारले बुधबारदेखि नै यातायात साधनमा जोरविजोर प्रणाली लागू गरिसकेको छ ।

कोरोनाले जापानी कार कम्पनी टोयोटालाई ठूलो धक्का, नाफा साढे ८ खर्ब घट्ने Read Previous

कोरोनाले जापानी कार कम्पनी टोयोटालाई ठूलो धक्का, नाफा साढे ८ खर्ब घट्ने

बुद्ध एयरले अब सिमरामा एटीआर-७२ जहाजमार्फत उडान गर्ने Read Next

बुद्ध एयरले अब सिमरामा एटीआर-७२ जहाजमार्फत उडान गर्ने