थप ३६० जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु, २३३ डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशका विभिन्न जिल्लाका ३६० जनामा कोरोना पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा थप २३३ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १५ हजार ३८९ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान जानेको संख्या ६५ पुगेको छ ।

बाहिरी चक्रपथ निर्माण अलपत्र, लगानी बोर्ड सक्रिय नहुँदा अघि बढेन काम Read Previous

बाहिरी चक्रपथ निर्माण अलपत्र, लगानी बोर्ड सक्रिय नहुँदा अघि बढेन काम

ठेकेदारको चरम लापारबाहीले मुडे-चरीकोट सडकको बेहाल,  ५ वर्षमा पनि बनेन् ३० किमी सडक Read Next

ठेकेदारको चरम लापारबाहीले मुडे-चरीकोट सडकको बेहाल, ५ वर्षमा पनि बनेन् ३० किमी सडक