काठमाडौंमा ६२ सहित थप २५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा ६२ सहित देशका विभिन्न जिल्लाका २५९ जनामा कोरोना पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा थप ६५ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १५ हजार २६ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान जानेको संख्या ५८ पुगेको छ ।

यातायात कार्यालयले अब लाइसेन्स नबाँड्ने, नवीकरण गर्न टोकन लिनुपर्ने Read Previous

यातायात कार्यालयले अब लाइसेन्स नबाँड्ने, नवीकरण गर्न टोकन लिनुपर्ने

९० प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच, १४ सय मेगावाट उत्पादन Read Next

९० प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच, १४ सय मेगावाट उत्पादन