थप १३९ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु, एकैदिन ६२६ डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा विभिन्न जिल्लाका १३९ जनामा कोरोना पुष्टि भएको हो ।

 

देशका ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएकोमा ८ जिल्ला भने कोरोना मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्लामा संक्रमितको संख्या शून्यमा झरेको छ ।

 

पछिल्लो २४ घण्टामा थप ६२६ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १३ हजार ७५४ पुगेको छ ।आज मृत्यु हुनेमा पर्साका ६५ वर्षीय वृद्ध, धनुषाका ३६ वर्षीय पुरुष र बाराका ६० वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

 

पछिल्लो २४ घण्टामा कोरोनाले ३ जनाको मृत्यु भएको छ । योसँगै कोरानाका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

भेरी-बबई डाइभर्सनको ‘मोडालिटी’ टुंगो लाग्यो, सर्वसाधरणको ४९ प्रतिशत सेयर रहने Read Previous

भेरी-बबई डाइभर्सनको ‘मोडालिटी’ टुंगो लाग्यो, सर्वसाधरणको ४९ प्रतिशत सेयर रहने

१ खर्ब २८ अर्बको पेट्रोलियम पदार्थ आयात Read Next

१ खर्ब २८ अर्बको पेट्रोलियम पदार्थ आयात