काठमाडौंमा १० सहित थप १३३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार ३७३ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १८ हजार ३७३ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा १० सहित देशका विभिन्न जिल्लामा थप १३३ जनामा कोरोना पुष्टि भएको हो ।

 

देशका ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएकोमा ८ जिल्ला भने कोरोना मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्लामा संक्रमितको संख्या शून्यमा झरेको छ ।

 

पछिल्लो २४ घण्टामा थप १०७ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १२ हजार ९४७ पुगेको छ ।

 

पछिल्ले २४ घण्टामा थप १ जनाको कोरोनाले मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्याको ४४ पुगेको छ ।

सडक मर्मत नहुँदा तातोपानी नाकाबाट आयात ठप्प, करोडौंको सामान बीच बाटोमै अड्कियो Read Previous

सडक मर्मत नहुँदा तातोपानी नाकाबाट आयात ठप्प, करोडौंको सामान बीच बाटोमै अड्कियो

कामदार अभावमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सुस्त, घर गएका चिनियाँ कामदार फर्केनन् Read Next

कामदार अभावमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सुस्त, घर गएका चिनियाँ कामदार फर्केनन्