थप ११६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशका विभिन्न जिल्लामा थप ११६ जनामा कोरोना पुष्टि भएको हो ।

 

देशका ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएकोमा ५ जिल्ला भने कोरोना मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा संक्रमितको संख्या शून्यमा झरेको छ ।

 

पछिल्लो २४ घण्टामा थप ३४ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १० हजार ३२८ पुगेको छ ।

 

हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ३८ जनाको पुगेको छ ।

युवालाई एकद्धार प्रणालीबाट तालीम दिन कोष स्थापना, वार्षीक ५ लाखलाई सीप सिकाइने Read Previous

युवालाई एकद्धार प्रणालीबाट तालीम दिन कोष स्थापना, वार्षीक ५ लाखलाई सीप सिकाइने

हिमालयको उद्धार उडान तालिका सार्वजनिक, कुन देशमा कहिले Read Next

हिमालयको उद्धार उडान तालिका सार्वजनिक, कुन देशमा कहिले