चेम्बर अफ कमर्सद्धारा अर्थमन्त्रीलाई विद्यमान समस्याको बारेमा जानकारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री डा.युवराज खतिवडालाई विद्यमान व्यवसायीक कठिनाइ बारेमा अवगत गराएको छ । मंगलबार कमर्स अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा अर्थमन्त्रालय पुगेको प्रतिनिधिमण्डलले उच्च पदस्थ अधिकारीसँग भेट गरी हालै सार्वजनिक भएको आर्थिक ऐन २०७६ ले आर्थिक क्षेत्रमा पारेको समस्याको बारेमा जानकारी गराएका हुन् ।

 

अध्यक्ष प्रतिनिधिमण्डलले भेटमा खतिवडालाई सरकारले साउन १ गतेदेखि कार्यान्यनमा ल्याएको सामान ढुवानी गर्ने सवारी साधनमा लगाइएको भेहिकल ट्रयाकिङ सिष्टम, ज्याला तथा पारिश्रमिक भूतानीमा अनिवार्य गरिएको स्थायी लेखा नम्बर (प्यान), ढुवानी सेवामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)लगायतका अन्य समस्याको बारेमा जानकारी गराएको हो ।

 

सो भेटमा खतिवडाले विद्यमान अवस्थामा देखिएका समस्या तथा व्यावहारिक कठिनाई सरकारले समाधान गर्दै जाने बताए । अर्थमन्त्री खतिवडाले माल वस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस)’ लागू गराउन देखिएको व्यवहारिक कठिनाई हल गर्न सरकारले कार्यदलमा गठन गरेको र त्यस कार्यदलमा चेम्वर अफ कमर्सबाट दुई जना प्रतिनिधि समावेश गरिने जानकारी दिएका छन् ।

सडक डिभिजन कार्यालय काठमाडौंको ४१ करोड बजेट फ्रिज Read Previous

सडक डिभिजन कार्यालय काठमाडौंको ४१ करोड बजेट फ्रिज

प्रतिकूल मौसमले अधिकांश विमानस्थलको सेवा अवरुद्ध Read Next

प्रतिकूल मौसमले अधिकांश विमानस्थलको सेवा अवरुद्ध