काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन थप ४६३ जनामा कोरोना पुष्टि भएको हो ।
अहिलेसम्म देशका ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
पछिल्लो २४ घण्टामा १७९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म ३ हजार १३ जना कोरोना संक्रमित निको भइसकेका छन् भने २८ जनाको मृत्यु भइसकेको छ ।