अमेरिकामा कोरोना संक्रमित संख्या २ करोड पुगेको अनुमान

कोरोनाबाट सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा संक्रमण तीव्र रुपमा फैलिएको अनुमान गरिएको छ ।

 

अमेरिकी स्वास्थ्य निकाय सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले २ करोड मानिसहरुमा कोरोना सम्पर्कमा पुगिसकेको प्रक्षेपण गरेको छ।

 

हालसम्म अमेरिकामा २५ लाखभन्दा बढीमा कोरोना पुष्टि भइसकेको छ भने १ लाख २६ हजार बढीको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ।

 

बिहीबारमात्र अमेरिकामा थप ४० हजार ११८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। वासिङट्न पोस्टका अनुसार यो एकै दिनमा संक्रमित थपिएको अहिलेसम्मकै धेरै हो।बुधबार ३४ हजार ३०० जनामा कोरोना पुष्टि भएको थियो।

 

योसँगै अमेरिकाका कतिपय सहरहरुमा सजगता अपनाउन थालिएको छ।केही दिनदेखि केही दक्षिणी र पश्चिमी राज्यहरूले सर्वाधिक सङ्क्रमण भएको विवरण सार्वजनिक गरिरहेका छन्।

 

वाशिङ्गटन विश्वविद्यालयले आगामी अक्टोबर महिनासम्ममा १ लाख ८० हजारको मृत्यु हुने अनुमान गरेको छ।

साउनदेखि स्टक डिलरको काम गर्ने नागरिक स्टक डिलरको तयारी, अनुमतिका लागि बोर्डमा दियो निवेदन Read Previous

साउनदेखि स्टक डिलरको काम गर्ने नागरिक स्टक डिलरको तयारी, अनुमतिका लागि बोर्डमा दियो निवेदन

पृथ्वीकै दूलर्भ पत्थर भेट्टाएका एक व्यक्तिले रातारात कमाए ४१ करोड ! Read Next

पृथ्वीकै दूलर्भ पत्थर भेट्टाएका एक व्यक्तिले रातारात कमाए ४१ करोड !