एकैदिन अहिलेसम्मकै धेरै ६७१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७८४८ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन थप ६७८ जनामा कोरोना पुष्टि भएको हो ।

 

एकैदिन यतिधेरै व्यक्तिमा कोरोना देखिएको यो पहिलो पटक हो भने ५०० भन्दा बढीमा कोरोना देखिएको लगातार दोस्रो दिन हो ।

 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज संक्रमित हुनेहरुमा ८० जना महिला र ५९१ जना पुरुष रहेका छन् ।

 

पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म १ हजार १८६ जना कोरोना संक्रमित निको भइसकेका छन् भने २२ जनाको मृत्यु भएको छ ।

कतार एयरवेजले २०२१ सम्म नयाँ विमान नकिन्ने, बोइङ र एयरबससँगका अर्डर खारेज Read Previous

कतार एयरवेजले २०२१ सम्म नयाँ विमान नकिन्ने, बोइङ र एयरबससँगका अर्डर खारेज

काठमाडौं उपत्यकामा थपिए ६ जना कोरोना संक्रमित Read Next

काठमाडौं उपत्यकामा थपिए ६ जना कोरोना संक्रमित