सरकारमा बस्नेलाई बदनाम गर्न १० अर्बको अनावश्यक हल्ला फैलाइयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्बमा भ्रष्टाचार भएको भनेर अनावश्यक हल्ला फैलाइएको बताएका छन् ।

 

राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सरकारमा बस्नेहरुलाई जसरी पनि बदनाम गर्नुपर्छ भन्ने सोच भएकाले यस्तो हल्ला फैलाएको बताए ।

 

उनले उक्त रकम स्थानीय तहहरुले क्वारेन्टिन बनाउन, त्यहाँ बसेकालाई खाना खुवाउन, स्वास्थ्य सामग्री खरिद गर्ने लगायत काममा खर्च भएको बताए ।

 

‘सरकारलाई बदनाम गर्ने सोच भएकाले १० अर्ब खोइ भन्छन्,’  उनले भने, ‘ कहाँ जानु १० अर्ब तल (स्थानीय तह)मा पठाइयो ।

 

खर्चको हिसाब किताब महालेखा र आन्तरिक लेखा परीक्षणले हेर्ने भन्दै उनले सरकारका सबै मान्छे काममा लागेको बताए ।

नियमित आम्दानी गरिरहेकालाई ब्याजमा सहुलियत दिनु कति जायज Read Previous

नियमित आम्दानी गरिरहेकालाई ब्याजमा सहुलियत दिनु कति जायज

कतार एयरवेजले २०२१ सम्म नयाँ विमान नकिन्ने, बोइङ र एयरबससँगका अर्डर खारेज Read Next

कतार एयरवेजले २०२१ सम्म नयाँ विमान नकिन्ने, बोइङ र एयरबससँगका अर्डर खारेज