अब निजी ल्याबले पनि पीसीआर परीक्षण गर्न पाउने, खर्च सरकारले व्यहोर्ने

काठमाडौं । अब निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने भएका छन् । सरकारले निजी प्रयोगशालालाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमूना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ ।

 

उनले यसरी पीसीआर जाँच गर्दा लाग्ने खर्च नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यहोर्ने बताए ।

थप ४२५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५७६० पुग्यो Read Previous

थप ४२५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५७६० पुग्यो

नेपालकै सबैभन्दा उच्च स्थानमा सडक बन्दै, मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिँदै Read Next

नेपालकै सबैभन्दा उच्च स्थानमा सडक बन्दै, मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिँदै