थप ४२५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५७६० पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४२५ जनामा कोरोना देखिएको हो ।एकैदिन ४०० भन्दा बढीमा कोरोना पुष्टि भएको यो दोस्रो पटक हो ।

 

अहिलेसम्म नेपालका ७७ मध्ये ७३ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन्।

 

पछिल्लो २४ घण्टामा ६१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म ९७४ जना कोरोना संक्रमित निको भइसकेका छन् भने १९ जनाको मृत्यु भएको छ ।

एक जनाको कोरोना उपचारको बिल १४ करोड ! Read Previous

एक जनाको कोरोना उपचारको बिल १४ करोड !

अब निजी ल्याबले पनि पीसीआर परीक्षण गर्न पाउने, खर्च सरकारले व्यहोर्ने Read Next

अब निजी ल्याबले पनि पीसीआर परीक्षण गर्न पाउने, खर्च सरकारले व्यहोर्ने